दिवंगत डा. देवकोटाप्रति विप्लवको श्रद्धाञ्जली !

दिवंगत डा. देवकोटाप्रति विप्लवको श्रद्धाञ्जली !


सुविख्यात वरिष्ठ न्युरो सर्जन उपेन्द्र देवकोटाको निधनप्रति नेपाल कम्युनिष्ट पार्टीका महासचिव ‘विप्लव’ले दुःख व्यक्त गरेका छन् । पार्टीका तर्फबाट शोक वक्तव्य जारी गर्दै उनले डा. देवकोटाको असामयिक निधनले सिङ्गो राष्ट्र र जनतालाई अपूरणीय क्षति पुगेको जनाएका हुन् ।

नेपालमा लामो समयदेखि चिकित्सा पेशामा रही नेपाली जनताको सेवा गर्दै आउनुभएका लोकप्रिय एवम् स्थापित वरिष्ठ न्युरो सर्जन डाक्टर देवकोटाको असामयिक निधनले राष्ट्रलाई अपूरणीय क्षति पुगेको उल्लेख गर्दै महासचिव विप्लवद्वारा जारी विज्ञप्तिमा भनिएको छ– ‘डाक्टर देवकोटा एक चिकित्सक मात्र नभएर देशभक्त, समाजसेवी तथा नागरिक अगुवा पनि हुनुहुन्थ्यो । देवकोटाको निधनमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरिन्छ । साथै, उहाँको शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गरिन्छ ।’