मंगलबारदेखि चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई त्यहाँ गार्ड अफ अनर दिइएको छ ।
चीनको ग्रेट हल अफ दी पिपुल्समा प्रधानमन्त्री ओलीलाई गार्ड अफ अनर दिइएको हो ।
त्यस अवसरमा चिनियाँ सैनिकले प्रधानमन्त्री ओलीको सम्मानमा विभिन्न कौशलसमेत देखाएको थियो । कार्यक्रममा ओलीका साथमा समकक्षी चिनियाँ प्रधानमन्त्री लि खछ्याङ पनि थिए ।
उक्त कार्यक्रमपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता सुरु भएको छ । बैठकपछि केपी ओलीको भ्रमणकै महत्वपूर्ण मानिएको दुई देशबीच रेलमार्गसहितका विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम छ ।
प्रतिक्रिया