पाण्डाले फस्टाएको पर्यटन (फोटोफिचर)

पाण्डाले फस्टाएको पर्यटन (फोटोफिचर)


छविलाल बगाले
छिमेकी राष्ट्र चीन देशी विदेशी पर्यटकहरुको लागि निकै आकर्षक गन्तब्यको रुपमा फस्टाउन थालेको छ । छोटो समयमा नै विकासको शिखरमा पुगेको चीनले पर्यटक भुलाउने हजारौं आकर्षणका केन्द्रहरु स्थापना गरेको छ । जसका कारण चीनमा दैनिक उल्लेख्य मात्रामा पर्यटकहरु भित्रिने गर्दछन् ।

चीनको सिचुवान प्रान्तमा स्थापना गरिएको विश्वकै दुर्लभ मानिएको पाण्डाले दैनिक हजारौं आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षण गरिरहेको छ ।

सिचुवानको छेन्डुमा रहेको ‘छेन्डु रिसर्च बेस अफ जाइन्ट पाण्डा’ को अवलोकनका लागि दैनिक २८ हजार पर्यटक आउने गरेको तथ्यांक छ । राष्ट्रिय जनावर समेत रहेको पाण्डा हेर्नेहरुको संख्या भने बार्षिक रुपमा ४८ लाख रहेको बताइएको छ ।

सिचुवानको मात्रै नभएर चीनकै प्रमुख पर्यटकिय स्थलको रुपमा विकास भएको यहाँ पाण्डाको ‘ब्रिडिङ’गरिदै आएको छ । विश्वकै सबैभन्दा ठूलो पाण्डा ब्रिडिङ सेन्टरको रुपमा विकास गरिएको र विश्वमा पाइने पाण्डाहरु मध्ये ८५ प्रतिशत जाइन्ट पाण्डाहरु सिचुवान प्रदेशमा पाइने जनाइएको छ ।

यहाँ पुग्ने जो कोही पर्यटकहरु पनि नजिकैबाट पाण्डाको दृश्यावलोकन गर्न रमाउँछन् भने पाण्डालाई पृष्ठभुमिमा राखेर तस्विर खिचाउने गर्दछन् । यस पाण्डा रिसर्च सेन्टरका कारण चीनको अर्थतन्त्रमा ठूलो टेवा पु¥याएको पाइन्छ ।