प्रदेश ३ का सांसदलाई लोगो वितरण

प्रदेश ३ का सांसदलाई लोगो वितरण


प्रदेश ३ का प्रदेश सदस्यलाई प्रदेश सभामा सचिवालयले लोगोको व्यवस्था गरेको छ । प्रदेश सभाका सबै सदस्यलाई प्रदेश सभा सचिवालयले लोगो वितरण गरेको हो । लोगोले प्रदेश सभा, सांसदको पहिचान र परिचय दिएको छ । लोगोले जनतालाई पनि सांसद भनेर चिन्न सजिलो बनाएको छ ।

प्रदेश सभा सदस्यले प्रदेश सभा बैठकमा पहिचान र परिचयविहीन भएको भन्दै प्रश्न गुनासो गरेपछि प्रदेश सभा सचिवालयले लोगोको व्यवस्था गरेको हो । लोगोमा प्रदेश ३ को सम्पदा स्वयम्भू, पशुपतिनाथसहित लाङटाङ निकुञ्जमा पाइने रेडपाण्डा र गैँडा को चित्र अङ्कित गरिएको छ । उक्त लोगोमा नेपालको नक्सा र लोगोको घेरामा समृद्धिको प्रतीक धानको बाला राखिएको छ ।