नेपाली बजारमा ओप्पोले नयाँ स्मार्टफोन एफनाइन सार्वजनिक गरेको छ । बुधवार आयोजित एक कार्यक्रमबीच उक्त मोबाइल सार्वजनिक गरिएको हो ।
मोबाइल सार्वजनिक कार्यक्रममा आईएनटीएम सुपर मोडल सविता कार्की र बुगीबुगी नेपालकी विजेताले आफ्नो प्रस्तुति दिएका थिए । ओप्पो एफनाइन पृथक वाटरड्रप स्क्रिन डिजाइन प्रयोग गरिएकोे यो उद्योगकै पहिलो ह्याण्डसेट भएको बताइएको छ । फोनको अघिल्लो भागमा रहेको टप नोचमा रिसिभर, क्यामरा र लाइट सेन्सरको प्रयोग गरिएको छ । यसले फोनलाई कम्प्याक्ट आकर्षक लेआउट प्रदान गर्नुका साथै ठूलो स्क्रिनको मज्जा लिन सघाउने कम्पनीको भनाइ छ ।
३ हजार ५ सय एमएच क्षमताको ब्याट्री प्रयोग गरिएको फोनको मूल्य नेपाली बजारमा ४ जीबी ¥यामको ४१ हजार ५ सय ५० तथा ६ जीबी ¥यामको ४५ हजार ५ सय ५० रुपैयाँ तोकिएको छ । यी दुवै फोन ६४ जीबी रोम क्षमतामा उपलब्ध छन् । यो फोन रातो, नीलो तथा पर्पल कलरमा उपलब्ध छ ।
प्रतिक्रिया