नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र नेशनल बैंकिङ्ग इन्ष्टिच्युट लि.बीच तालिम कार्यक्रम सञ्चालनसम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ । यस सम्झौताअनुसार एनबीआईले एनसीसी बैंकका कर्मचारीहरुको कार्यदक्षता विकासका लागि विभिन्न तालिम उपलब्ध गराउने छ ।
सम्झौताअनुसार एनसीसी बैंकले आफ्नो कर्मचारीहरुका लागि नेशनल बैंकिङ्ग इन्ष्टिच्युटबाट न्युनतम रु ५० लाख बराबर रकमको वार्षिक तालिम सञ्चालन गराउने छ । उक्त सम्झौतापत्रमा नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि.का तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र नेशनल बैंकिङ्ग ईन्ष्टिच्युटका प्रमुख कार्यकारी अधिकृत संजिव सुब्बाबीच हस्ताक्षर भएको हो ।
प्रतिक्रिया