१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो बिमस्टेक सम्मेलन

१८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सकियो बिमस्टेक सम्मेलन


बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) चौथो सम्मेलन सम्पन्न भएको छ । १८ बुँदे काठमाडौं घोषणापत्र जारी गर्दै सम्मेलन सकिएको हो ।

समापन समारोहमा विद्युत लाइन प्रसारणको अन्तरदेशीय मार्ग (बिमस्टेक ग्रीड इन्टरकनेक्सन) सहमति पत्र हस्ताक्षर भएको छ । यसमा बिमस्टेक राष्ट्रका विदेशमन्त्रीहरु हस्ताक्षर गरे । सम्झौताले बिमस्टेकका सदस्य देशहरूबीच उर्जा आदानप्रदानको बाटो खोल्नेछ । यसले सबैभन्दा बढि उर्जा उत्पादन गर्ने राष्ट्रहरुलाई सहयोग मिल्ने भएको छ ।

बंगलादेश, म्यानमार, थाइल्याण्ड र भारतका सरकार तथा राष्ट्रप्रमुख आजै स्वेदश फर्कने कार्यक्रम रहेको छ । सम्मेलन बिहिबारबाट काठमाडौँमा शुरु भएको थियो ।