एनसीसी बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स सम्झौता

एनसीसी बैंक र एनएलजी इन्स्योरेन्सबीच बैंंकएस्योरेन्स सम्झौता


नेपाल क्रेडिट एण्ड कमर्स बैंक लि. र एनएलजी इन्स्योरेन्स कम्पनी लि. बीच बैंंकएस्योरेन्समार्फत नन–लाइफ इन्स्योरेन्स पोलिसी बिक्री गर्ने गरीे सम्झौता भएको छ । सम्झौताअनुसार एनसीसी बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयबाट एनएलजी इन्स्योरेन्स कम्पनी लि.को पोलिसी बिक्री गरिने छ ।

सम्झौतामा नेपाल क्रेडिट एण्ड कमर्स बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेशराज अर्याल र एनएलजी इन्स्योरेन्स कम्पनी लि.का तर्फबाट का.मु. प्रमुख कार्यकारी अधिकृत सुनीलबल्लभ पन्तले हस्ताक्षर गरेका छन् ।