नेपाल र अष्ट्रेलियाबीच व्यावसायिक सम्बन्ध विस्तारका लागि व्यवसायीहरुको एक टोली अष्ट्रेलिया पुगेको छ । नेपाल अष्ट्रेलिया उद्योग वाणिज्य संघका अध्यक्ष अखिलकुमार चापागाईको नेतृत्वमा ९ सदस्यीय प्रतिनिधिमण्डल त्यसतर्फ प्रस्थान गरेको हो । भ्रमण टोलीमा व्यवसायीहरु मीनमान श्रेष्ठ, रवीन्द्रकुमार रिजाल (शशी) लगायत रहेका छन् ।
टोलीले अष्ट्रेलियाको सिड्नी, मेलबर्न, गोल्डक्वेष्टलगायतका शहरमा हुने व्यापारिक मेलामा अवलोकन गर्नुका साथै व्यावसायिक सम्बन्ध विस्तारका लागि बीटूबी कार्यक्रम गर्ने जनाइएको छ । दुई देशबीच व्यावसायिक सम्बन्ध विस्तारका लागि ठूलो सम्भावना रहेकोले टोलीले लगानी विस्तार तथा पर्यटन प्रवद्र्धनका क्षेत्रमा सम्भावनाहरुको खोजी गर्ने संघका अध्यक्ष चापागाईको भनाई छ ।
नेपालबाट हाल ठूलो संख्यामा विद्यार्थीहरु अष्ट्रेलियामा रहेको तथा नेपाल वायुसेवा निगमले पनि अष्ट्रेलियासम्म सिधा उडान गर्ने योजना बनाइरहेकाले दुई देशबीचको सम्बन्ध थप विस्तार गर्न सकिने सम्भवना छ ।
प्रतिक्रिया