आइएमई लाइफ इन्स्योरेन्सको सिइओमा श्रीचन्द्र

आइएमई लाइफ इन्स्योरेन्सको सिइओमा श्रीचन्द्र


आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा श्रीचन्द्र भट्ट नियुक्त भएका छन् । सन् १९९८ मा नेपाल इन्भेष्टमेन्ट बैंक लि.बाट बैंकिङ करियर सुरुवात गरी २०११ सम्म आईपुग्दा सहायक महाप्रबन्धक पदमा रही काम गरेको कार्य अनुभव भट्टसँग रहेको बैंकले जनाएको छ ।

त्यसपछि भट्टले मेघा बैंक लिमिटेडमा करिब ६ महिना नायब प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेका थिए । पछिल्लो समयमा उनी विभिन्न बैंक तथा वित्तीय संस्था लगायत इन्स्योरेन्स कम्पनीहरूमा आबद्ध रही आएका थिए ।

नवनियुक्त सिइओ भट्टसँग रेमिट टु नेपाल प्रा.लि.को प्रमुख कार्यकारी अधिकृत पदमा रही काम गरेको अनुभवसमेत रहेको छ ।

कम्पनीको सञ्चालक समितिसमक्ष प्रमुख कार्यकारी अधिकृत पदको सपथ ग्रहण गर्दै सिइओ भट्टले आफुसँग रहेको कार्य अनुभवको प्रचुर रुपमा प्रयोग गरी कम्पनीलाई नयाँ आयाम दिँदै जीवन बीमा कम्पनीमध्ये उत्कृष्ट स्थान हासिल गर्न प्रयासरत रहने प्रतिबद्धता जाहेर गरेका छन् ।