कालिञ्चोक दोलखा जिल्लाको प्राकृतिक एवम् धार्मिक हिसाबले महत्वपूर्ण स्थानको रुपमा परिचित छ । कालिञ्चोक डाँडाबाट मनोरम रोल्वालिङ हिमश्रृङ्खला र मनोरम प्राकृतिक दृष्यहरूको अवलोकन गर्न सकिन्छ । सदरमुकाम चरिकोटबाट करिव १५ किलो मिटर उत्तरतर्फ साविकको कालिन्चोक गाविसमा अवस्थित छ कालिञ्चोक मन्दिर ।

कालिञ्चोक मन्दिर समुन्द्र सतहबाट करिब तीन हजार आठ सय ४२ मिटरको उचाइमा रहेको छ । कालिञ्चोक भगवती मन्दिर डाँडामा रहेकाले यहाँबाट विभिन्न हिमश्रृङखला र मनोरम प्राकृतिक दृष्यहरु अवलोकन गर्न सकिन्छ । मन्दिर मात्रै नभई यहाँको मनोरम प्राकृतिक दृष्यका कारण पर्यटक आकर्षित हुने गरेका छन् । जनै पूर्णिमा, दशैँ, चैते दशैँको समयमा यस मन्दिरमा भक्तजनको ठूलो भीड लाग्ने गर्दछ ।

हिन्दुहरुको आस्थाको धरोहरबाहेक प्राकृतिक सौन्दर्यले मन लोभ्याइ दिने कालिञ्चोकमा पछिल्लो समय आन्तरिक पर्यटक एवं धर्मालम्वी धेरै आउने गरेको स्थानीयवासीको भनाइ छ । कालिन्चोक माताको आँगनमा उभिएर पूर्वदेखि पश्चिमसम्म हिमाल नै हिमालको लाइन, ठूला–ठूला पाटन चौर, स्वच्छ कलकल बग्ने खोलानाला, चौरी गाई आदिले यस स्थानको सुन्दरतालाई थप मनमोहक बनाइदिन्छ ।

मन्दिर मात्रै नभई यहाँको मनोरम प्राकृतिक दृष्यका कारण पर्यटक आकर्षित हुने गरेका छन् । पहिला काठमाडौँबाट ‘हाइकिङ’को लागि समेत सर्वसाधारण खुब जाने गरेको स्थानीयबासी बताउँछन् । अहिले भने कुरीबजारसम्म कच्ची सडक पुगेको छ ।

वर्षैभरी घुम्न सकिने कालिञ्चोकमा जेठ–असार महिनामा जंगली फूल, असोज–कात्तिकमा हिमाल, पुस–माघमा हिउँ र चैत–वैशाखमा गुराँसको उज्यालो छाउने स्थानीय होटल व्यवसायी यमबहादुर पाख्रिनले बताए । उनका अनुसार कुरीबजारदेखि करिव एकघण्टा उकालो पैदल यात्रा पछि कालिञ्चोक भगवती स्थानमा सहजै पुग्न सकिन्छ । ‘मनले चिताएको पु¥याउने भगवतीका रुपमा कालिञ्चोक भवगतीको पूजा तथा आराधना गरिन्छ ।’ उनि भन्छन्, ‘काभे्रको पलाञ्चोक भगवती, काठमाडौंको शोभा भगवती र अन्य भगवती समेत गरेर ७ भगवती दिदी बहिनीको किम्बदन्ती रहेको पाइन्छ ।’

कालिञ्चोकमा पुग्ने धार्मीक तथा अन्य पर्यटकको सुविधाका लागि कुरी क्षेत्रमा आर्कषक होटल तथा लजहरुको व्यवस्था हुनुका साथै पर्यटकहरुको यात्राका क्रममा भैपरि आउने विभिन्न समस्या समाधान का लागि विभिन्न संघ सस्थाहरु सक्रिय रहेको कालिञ्चोक कुरी युवा क्लबका अध्यक्ष सन्तवीर तामाङ बताउँछन् । उनले कालिञ्चोक प्राकृतिक रुपमा अत्यन्तै सुन्दर र रमणीय भएपनि अव्यवस्थित मानवीय संरचना तथा अतिक्रमणले भने कुरुप बन्दै गएको गुनासो गरे ।

सम्पत्तिका रुपमा स्थापित यस क्षेत्रलाई उचित संरक्षण र सम्बद्र्धनमा ध्यान दिन सके धार्मिक तथा प्राकृतिक पर्यटन प्रवद्र्धनमा टेवा पुग्नेछ । कुरीबजारमा स्थानीयबासीले बनाएका काठका होटलहरु छन् । चिसो ठाउँ भएकाले रातिको समयको लागि ‘फायर क्याम्प’ को व्यव्सथा पनि यहाँ छ । खान बस्न राम्रो व्यवस्था छ । स्थानीय परिकारको स्वाद चाख्न पनि यहाँ पाइन्छ ।

काठमाडौंबाट चरिकोटसम्म निजी कार, जिप बुकिङ गरेर जाँदा गाडी अनुसार ४ देखि हजारदेखि १२ हजारसम्म खर्च लाग्छ । बसको यात्रा गर्दा ४ देखि ४ सय ५० रुपैयाँ लाग्छ । चरिकोटबाट कच्ची बाटो भएकाले जिप मात्र जाने गर्छ । यहाँ मोटरसाइकलमै जान पनि सकिन्छ । कुरी बजार बास बस्न र खानपानका लागि त्यति धेरै महंगथो पनि छैन् । मन्दिर दर्शन गर्न जानेले पूजा सामाग्री लिएर जान सकिन्छ । यदी घुम्ने उद्देश्यले मात्रै जाने भएमा चिसो ठाउँ भएकाले बाक्ला कपडा लगाउँदा उचित हुन्छ ।
प्रतिक्रिया