पेट्रोल, डिजल र मट्टितेलको मूल्य वृद्धि

पेट्रोल, डिजल र मट्टितेलको मूल्य वृद्धि


नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्यमा फेरि वृद्धि गरेको छ । बितेको रात (सोमबार राति)देखि लागु हुने गरि पेट्रोलियम पदार्थको मूल्यमा वृद्धि गरिएको हो । पेट्रोल र डिजेलमा प्रतिलिटर २ र मट्टितेलको मूल्य प्रतिलिटर ३ रूपैयाँले वृद्धि गरिएको छ । निगमले हवाइ इन्धन र खाना पकाउने ग्यासको मूल्य वृद्धि नभएको जनाएको छ ।

अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १४, डिजेल र मट्टितेलको मूल्य १०१ रूपैयाँ पुगेको छ । तथापि, मूल्य वृद्धिपछि पनि पेट्रोलमा २.९२ र डिजलमा २ रूपैयाँ प्रतिलिटर घाटा रहेको निगमले जनाएको छ।

मूल्य बढेपछि पनि इन्धनको व्यापारमा निगमले घाटा नै खानु परेको जनाएको छ । मूल्य नबढाइए पनि एलपी ग्याँसमा प्रतिसिलिण्डर ३०९.७९ रुपैयाँ घाटा रहेको निगमको भनाई छ।