आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरबीच सम्झौता

आइएमई लिमिटेड र एन्टीक फेसन स्टोरबीच सम्झौता


आइएमई लिमिटेड र बनेपास्थित नाला दोबाटोमा अवस्थित एन्टीक फेसन स्टोरबीच एक सम्झौता सम्पन्न भएको छ । सम्झौताअनुसार आइएमई प्रिभिलेज कार्डवाहक सेवाग्राहीले एन्टीक फेसन स्टोरबाट समान खरिद गर्दा ३० प्रतिशतसम्म छुट प्राप्त गर्ने आइएमईले जनाएको छ ।

यो सुविधा लिनका लागि आइएमईले प्रदान गरेको आइएमई प्रिभिलेज कार्ड स्टोरको क्यास काउन्टरमा देखाउनुपर्ने छ । सम्झौता पत्रमा आइएमई लिमिटेडका तर्फबाट मार्केटिङ तथा सेल्स अधिकृत अजय थापा र एन्टीक फेसन स्टोरको तर्फबाट बजार तथा व्यापार प्रवद्र्घन विभाग प्रमुख संजीव प्रजापतिले हस्ताक्षर गरेका छन् । यो सम्झौता १० असोज ०७५ गतेदेखि एक वर्षसम्मका लागि लागु हुने जनाइएको छ ।

आइएमईसँग आबद्ध सेवाग्राहीहरूलाई विभिन्न सेवामा सहुलियतपूर्ण सुविधा प्रदान गर्न सकियोस् भन्ने उद्देश्यका साथ यस्ता कार्यक्रमहरू संचालन गर्दै आइएको आइएमई ग्रुपका प्रमुख जनसम्पर्क व्यवस्थापक राजु पौडेलले बताए ।