नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर

नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर


नेपाली रुपैयाँ अहिलेसम्मकै को कमजोर अवस्थामा पुगेको छ । अन्तराष्ट्रिय बजारमा डलरको माग बढेपछि नेपाली रुपैयाँ यो स्थितिमा पुगेको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबार तोकेको विनिमयदर अनुसार एक डलरको खरिददर ११७ रुपैयाँ ४३ पैसा र बिक्रीदर ११८ रुपैयाँ शुन्य ३ पैसा रहेको छ । यो नेपाली रुपैयाँको अहिलेसम्मकै कमजोर अवस्था हो ।

डलरको तुलनामा भारतीय रुपैयाँको तीव्र अवमूल्यन भएपछि यसको प्रभाव नेपाली रुपैयाँमा देखिएको हो । भारुसँग नेरुको विनिमय दर भने स्थिर छ । १०० भारु बराबर नेपाली १६० रुपैयाँको स्थिर विनिमय दर छ । भारतको अर्थतन्त्रमा अलिकति तलमाथि हुँदा त्यसको प्रत्यक्ष असर नेपाली बजारमा पर्छ ।

डलरको भाउ अझै बढेर १२० रुपैयाँसम्म पुग्ने अनुमान गरिएको छ । भारतले पेट्रोलियम पदार्थको स्टक बढाउन डलर खर्च गरिरहेकाले त्यसको असर नेपाली बजारमा देखिएको हो ।

अमेरिकी मुद्राको माग बढदै गएपछि संसारका धेरै राष्ट्रको तुलनामा डलर महंगो बन्दै गएको हो । पछिल्लो दुई महिनाको अवधिमा डलरको मूल्य नेपाली रुपैयाँसँगको तुलनामा करिब १० रुपैयाँले बढेको छ ।