अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च

अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च


आज अमेरिकी डलरको भाउ अहिलेसम्मकै उच्च भएको छ । केही समयअघिसम्म एक अमेरिकी डलर खरिद गर्न १ सय ७–८ नेपाली रुपैयाँ तिर्नुपथ्र्यो भने आज १ अमेरिकी डलर किन्न नेपाली रुपैयाँ १ सय १८ रुपैयाँ ७३ पैसा खर्च तिर्नुपर्नेछ ।

राष्ट्र बैंकले आज जनाएअनुसार बिक्री मूल्य भने १ सय १९ रुपैयाँ ३३ पैसा कायम भएको छ ।

अन्य देशको मुद्रा भने सामान्यतया स्थिर छ । आज राष्ट्र बैंकले अनुसार अन्य देशका मुद्राको नेपाली मुद्रासँगको खरिद मूल्य र बिक्री मूल्य यस्तो छ ।