हत्या अभियुक्त तामाङलाई गोली हानेर नियन्त्रणमा लिइयो

हत्या अभियुक्त तामाङलाई गोली हानेर नियन्त्रणमा लिइयो


फरार अभियुक्त विष्णु तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । नियन्त्रणमा लिन गएका प्रहरीलाई आक्रमण गर्न खोजेपछि घुँडामुनि गोली हानेर सिन्धुपाल्चोकका तामाङलाई आइतबार साँझ पक्राउ गरिएको हो ।

तामाङ कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त भएको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए । उनका अनुसार तामाङको घुँडामुनि गोली लागेको छ ।

गत वर्ष माघमा काठमाडौंको जोरपाटीमा १७ महिनाको बच्चाको हत्या गर्नुका साथै गत भदौमा काठमाडौं मेडिकल कलेजका विद्यार्थीलाई तामाङले खुकुरी प्रहार गरी भागेका थिए ।

विशेष सुराकीका आधारमा बौद्धको जम्बुडाँडामा रहेको थाहा पाएपछि खोजीका लागि खटिएको महानगरीय प्रहरीवृत्त बौद्धको टोलीले उनलाई गोली हानेर नियन्त्रणमा लिएको हो । उनको अहिले वीर अस्पतालमा उपचार भइरहेको छ ।