महिला उद्यमी संघ गुल्मीकी अध्यक्ष निर्मला केसीले जाजरकोट भुकम्पपीडीतलाई दुई लाख भन्दा बढी रकमबराबरको न्यानो कपडा प्रदान गरेकी छन् ।
नेपाली कांग्रेस गुल्मीकी जिल्ला सदस्यसमेत रहेकी केसीले सय पिस ज्याकेट कांग्रेस महामन्त्री गगन थापालाई हस्तान्तरण गरेकी हुन् ।
सहयोग हस्तान्तरणपश्चात् महामन्त्री थापाले नेतृ केसीलाई धन्यवाद दिँदै जाडोले अत्तालिएका जाजरकोटबासीलाई छिटोभन्दा छिटो राहत उपलब्ध गराउने वचन दिए । महामन्त्री थापालाई ज्याकेट दिएको भोलिपल्टै संचारमाध्यमबाट सुत्केरी र गर्भवतीको विजोगको समाचार देखेपछि दयालु केसीले नेपाली कांग्रेस लुम्बिनी प्रदेशका उपसभापति भुवनप्रसाद श्रेष्ठ र सदस्य माधव खरेलमार्फत करिव एक लाखको न्यानो कपडा हस्तान्तरण गरेकी छन् ।
केसीद्वारा हस्तान्तरण गरिएको कपडा ग्रहण गर्दै उपसभापति श्रेष्ठले विपत्तिमा रहेका जाजरकोटबासीलाई न्यानो कपडा दिएर निर्मला केसीले ठूलो गुन लगाएको बताए । उपसभापति श्रेष्ठले यस्तो विपत्ति जतिबेला जहाँ पनि आउनसक्ने भएकोले जाजरकोटबासीलाई मल्हम लगाउन सबैले आफूसक्दो सहयोग गर्नुपर्ने बताएका पनि बताए । केसीद्धारा हस्तान्तरण गरिएका कपडामा ज्याकेट र तातो ट्राउजर रहेका छन् ।
प्रतिक्रिया