हमासले चौध इजरायली र तीन विदेशी नागरिक रहेका बन्धकहरूको तेस्रो समूहलाई मुक्त गरेको छ । यसरी मुक्त भएका बन्दीलाई रेडक्रसको अन्तर्राष्ट्रिय समितिलाई सुम्पिएको इजरायली रक्षा बलले जनाएको छ ।
इजरायल र हमास बीचको युद्धविराम आइतबार इजरायली जेलबाट हमास आतंककारीहरूले बन्दी बनाएका प्यालेस्टिनी बन्दीहरू र बन्धकहरूको दोस्रो समूहको रिहाइपछि ट्र्याकमा फर्किएको देखिन्छ।
बन्धकका आफन्त, इजरायली मिडिया र होस्टेज परिवार फोरमलाई उद्धृत गर्दै एएफपीले जनाएअनुसार गाजा शासक हमासले आइतबार ९ बालबालिका, ४ महिला र १ रुसीबन्धकलाई मुक्त गरेको छ ।
रिहाइपछि मुक्त बन्धकहरूको कुल संख्या लगभग २४० मध्ये ६३ पुगेको छ ।
अक्टोबर ७ मा इजरायलमा हमासले गरेको अचानक हमलापछि गाजामा सयौँ मानिसलाई बन्धक बनाइएको थियो ।
शुक्रबार मात्रै १३ इजरायली बन्धकलाई रिहा गरिएको थियो भने शनिबार पनि त्यति नै बन्धकहरूलाई रिहा गरिएको थियो । त्यसको बदलामा इजरायलले शुक्रबार ३९ प्यालेस्टिनी बन्दीलाई रिहा गरेको थियो भने अर्को दिन पनि ३९ जनालाई रिहा गरेको थियो ।
आइतबार राति रिहा भएकाहरू हमास–इजरायल युद्धविराम सम्झौताको हिस्सा नभएको हमासले जनाएको छ । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको प्रयासको प्रतिक्रियामा उनीहरूलाई रिहा गरेको बताइएको छ।
प्यालेस्टिनी हमास समूहले आइतबार तीन थाई नागरिकहरूलाई पनि रिहा गरेको छ । चौध थाई र एक फिलिपिनोलाई यस सम्झौताबाहिर हमासले पहिले नै रिहा गरिसकेको थियो।
प्रतिक्रिया