किन खोजिँदैछ हिटलरले बाल्टिक सागरमा लुकाएको ४० हजार टन रसायनिक हतियार ?

किन खोजिँदैछ हिटलरले बाल्टिक सागरमा लुकाएको ४० हजार टन रसायनिक हतियार ?


रुस-युक्रेन युद्धको यो घडीमा एउटा ठूलो खबर आएको छ । यदि यो समाचार वास्तविकतामा परिणत भयो भने यसले संसारमा अहिलेसम्मकै ठूलो विनाश निम्त्याउने खतरा छ।

दोस्रो विश्वयुद्धपछि जर्मनीले सोभियत संघसँग आत्मसमर्पण गर्दा हिटलरको सेनासँग भएका रासायनिक हतियारहरू बाल्टिक सागरमा गाडिएको दाबी धेरै सञ्चारमाध्यममा भइरहेको छ । अहिले आएर नाटो देशहरूले ती हतियार खोज्ने तयारी गरिरहेको रुसलाई उद्धृत गर्दै समाचार एजेन्सीहरुले जनाएका छन् । समाचारअनुसार यो केमिकल क्यास फेला पार्न बाल्टिक सागरमा ठूलो खोज अभियान सुरु हुने भएको छ ।

अर्थात्, दोस्रो विश्वयुद्धमा नभएको काम अब हुने हो भन्ने प्रश्न खडा भएको छ । नरसंहारको डरले समुन्द्रमा गाडिएका रासायनिक हतियार बाहिर निकालेर नाटो देशहरूले आफूलाई थप बलियो बनाउन खोजिरहेका छन् । यदि नाटोले हिटलरको यो विनाशकारी हतियार प्राप्त गऱ्यो भने रूसको लागि अमेरिकाविरुद्ध जित्न असम्भवतुल्य हुनेछ।

सामुद्रिक वातावरणसँग सम्बन्धित विषयमा काम गर्ने संस्था हेलकमको प्रतिवेदन अनुसार दोस्रो विश्वयुद्धपछि करिब ४० हजार टन रासायनिक हतियार बाल्टिक सागरमा फालिएको थियो । तीमध्ये १५ हजार टन रासायनिक हतियार युद्धमा प्रयोग गर्नुपर्ने थियो। अहिले यी हतियारहरू प्राप्त गर्न सक्ने सम्भावना रहेको पनि प्रतिवेदनमा भनिएको छ ।

यसको मतलब त्यहाँ कुनै देशले अझै पनि ती हतियारहरू कब्जा गर्न सक्ने सम्भावना छ । मिडिया रिपोर्टका अनुसार ८० वर्षअघि १५० देखि ३०० ठाउँमा रासायनिक हतियार समुद्रमा फालिएको थियो । यी हतियारहरूले रूस-युक्रेन युद्धमा जीत वा हारको निर्णय गर्न सक्छन्।

तथापि, पुटिन पनि अलआउट लड्न तयार छन् । रुसले १० दिनअघि मात्रै दक्षिणी सीमा नजिक आफ्नो आणविक क्षेप्यास्त्र तैनाथ गरेको थियो । रुसका रक्षामन्त्रीले एक किसिमले भिडियो शेयर गरेर नाटो देशहरूलाई चेतावनी दिएका छन् ।