अमेरिकामा ७९ वर्षीया महिलाको शवसँग शारीरिक सम्बन्ध राखेको आरोपमा एक अस्पतालका सुरक्षा गार्ड पक्राउ परेका छन् ।
घटना एरिजोना क्षेत्रमा भएको बताइएको छ । न्यूयोर्क पोस्टका अनुसार यो घटना फिनिक्सको ब्यानर युनिभर्सिटी मेडिकल सेन्टरको मुर्दाघरमा भएको थियो, जहाँ ४६ वर्षीय रान्डल बर्ड सुरक्षा गार्डको रूपमा काम गर्थे । गत महिनाको अन्त्यमा प्रहरीले घृणित आरोपहरूको अनुसन्धान सुरु गरेपछि उनीमाथि धेरै संख्यामा आरोप लगाइएको थियो।
पोष्टका अनुसार ७९ वर्षीया महिलाको शव अक्टुबर २२ मा शवगृहमा पुगेको थियो । र्यान्डल ब्यर्डले शवहरूलाई शवगृहमा लैजान र फ्रिजरमा राख्ने जिम्मा पाएका थिए ।
प्रतिक्रिया