धादिङमा प्रहरी शिक्षक प्रशिक्षण कार्यक्रम भएको छ । निलकण्ठ नगरपालिकाको सहयोगमा जिल्ला प्रहरी कार्यालय धादिङको आयोजनामा शिक्षक प्रहरी प्रशिक्षण कार्यक्रम सुरु भएको हो ।
आज शुक्रबार भएको प्रशिक्षणमा निलकण्ठ नगरपालिका भित्रका ३० वटा विद्यालयका सामाजिक विषय अध्यापन गर्ने शिक्षकहरुको सहभागिता रहेको थियो ।
प्रहरी समुदाय साझेदारी अभियानअन्तर्गत कार्यक्रम गरिएको प्रहरी उपरीक्षक गौतम मिश्रले बताए । प्रहरीले विभिन्न ठाउँमा जनचेतनामूलक कार्यक्रम गर्दै आए पनि पर्याप्त नभएकाले विभिन्न प्रकारका अपराध न्यूनिकरणबारे यी गतिविधिहरुबारे विद्यालयमा अनुकुल तवरले प्रशिक्षण दिने उद्देश्यले प्रहरी शिक्षक प्रशिक्षण कार्यक्रमको आयोजना गरिएको मिश्रले जनाए ।
प्रतिक्रिया