वृद्ध भत्तामा पनि भ्रष्टाचार : वडाअध्यक्षदेखि नागरिकसम्म भ्रष्ट

वृद्ध भत्तामा पनि भ्रष्टाचार : वडाअध्यक्षदेखि नागरिकसम्म भ्रष्ट


मोरङको रतुवामाई नगरपालिका-६ मा वृद्ध भत्ता पनि हिनामिना गरिएको छ । वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता विवरणमा कीर्ते गरी, सामाजिक सुरक्षा भत्तावापतको रकम अपचलन गरी भ्रष्टाचार गरेको र छानविनपछि वडाअध्यक्षसमेत दोषी देखिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

जेष्ठ नागरिक अर्थात् वृद्धवृद्धाले पाउने सामाजिक सुरक्षा भत्ताको १ लाख ६० हजार रुपैयाँ हिनामिना भएको हो । यो प्रकरणमा वडा ६ का वडाअध्यक्ष तुलाराम लुइटेलले १ लाख ६० हजार, वडा सचिव कल्पना बास्कोटाले १ लाख ४४ हजार, इलाका प्रशासन कार्यालय रंगेली, मोरङका तत्कालीन प्रशासकीय अधिकृत सुनिल पौडेल र नायव सुब्बा रमेश कोइरालाले १ लाख ४४ हजारदरमा भ्रष्टाचार गरेकोले अख्तियारले दोषी ठहर गर्दै विशेष अदालतमा मुद्धा दायर गरेको हो ।

यस्तै, स्थानीय मेगदिप पोखरेल र तारादेवि पोखरेललाई १ लाख ४४ हजार र भक्तकुमारी लुईटेललाई १६ हजार रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारका प्रवक्ता नरहरि लुइटेलले जानकारी दिए । यी भ्रष्ट सबैबाट बिगोबराबर असुल गर्न माग दावी पनि गरिएको छ ।