सवारी दुर्घटनामा दुई जनाको मृत्यु

सवारी दुर्घटनामा दुई जनाको मृत्यु


ललितपुर महानगरपालिका-९ बालकुमारी पुलस्थित सडकमा प्रदेश नम्बर ०२–०३–००१०ख ५३५७ नम्बरको ट्रकले बा८३प ८१७८ नम्बरको स्कुटरलाई सोमबार साँझ ठक्कर दिँदा स्कुटर चालक सिन्धुली तिनपाटन गाउँपालिका-४ घर भई भक्तपुर सुर्यबिनायक नगरपालिका-२ बालकोट बस्ने ३५ वर्षीय रमेशकुमार पाण्डेको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको बिएण्डबि अस्पताल ग्वार्कोमा उपचारको क्रममा मृत्यु भएको हो ।

दाङको शान्तिनगर गाउँपालिका-१ नयाँ बस्तीस्थित सडकमा खिलतपुरबाट अमुवातर्फ जाँदै गरेको रा१त २३१७ नम्बरको ट्याक्टर अनियन्त्रित भएर सोमबार बेलुकी दुर्घटना हुँदा ट्याक्टरमा सवार शान्तिनगर गाउँपालिका-२ बस्ने ५१ वर्षीय धनबहादुर भण्डारीको मृत्यु प्रहरीले जनाएको छ ।

दुर्घटनामा दुर्घटनामा घाइते भएका ट्याक्टरमा सवार १ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।