चम्पादेवी-भस्मासुर हाइकिङ : बुधबार करियर काउन्सिलिङ

चम्पादेवी-भस्मासुर हाइकिङ : बुधबार करियर काउन्सिलिङ


राजधानीको कीर्तिपुर स्वयंसेवक समाजले यही असार १ गतेदेखि चम्पादेवी, भस्मासुर हाइकिङको आयोजना गरेको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न हरेक महिनाको पहिलो शनिबार नियमित आयोजना गर्ने लक्ष्यका साथ हाइकिङ आयोजना गरिएको हो ।

पुष्पलाल पार्कबाट सुरु भएको हाइकिङ चम्पादेवी, वाणासुर, भस्मासुर भएर पुनः पुष्पलाल पार्कमा पुगी करिब १० किलोमिटर पदयात्रा गरेर सम्पन्न भयो ।

शहरको कोलाहल, धुलो, धुवाँगाडिबाट बिश्राम लिएर शहर छेउकै चक्रपथबाट केही बाहिर जानेवित्तिकै बेग्लै परिवेश पाइन्छ । यसले स्वास्थ्य राम्रो हुने, केही सिक्ने, नयाँ साथी बनाउने अवसर दिने भएकाले यस कार्यक्रमको आयोजना गरिएको बता कीर्तिपुर स्वयंसेवक समाजका अध्यक्ष सुधन सुवेदीले जानकारी दिए । हाललाई कीर्तिपुर वरिपरिकै हाइकिङलाई प्राथमिकता दिने उनको भनाइ छ ।

युवाहरुमा भएको ज्ञान सीप र क्षमताको माध्यमबाट संगठित रूपमा स्वयंसेवा गर्न वि.सं २०६१ सालमा स्थापना भएको कीर्तिपुर स्वयंसेवक समाजले युवा क्षमता विकास, विपद् व्यवस्थापन आदि क्षेत्रहरुमा निरन्तर काम गर्दै आइरहेको छ ।

यसै सन्दर्भमा एसईई दिएर बसेका भाइबहिनीहरुलाई ब्यवसायिक सीप तथा क्षमता पहिचान र परामर्श गर्न कीर्तिपुर नगरपालिका र असल छिमेकी नेपालसँगको सहकार्यमा यही असार ५ मा एक दिवशीय कार्यक्रम पनि आयोजना हुने अध्यक्ष सुवेदीले जानकारी दिए ।