सडक दुर्घटनामा तीन जनाको मृत्यु

सडक दुर्घटनामा तीन जनाको मृत्यु


दैलेख, काभ्रे र सुनसरीमा भएका सडक दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

दैलेखको महाबु गाउँपालिका-६ रानीवन एकपातेस्थित सडकमा भे१च ३६०६ नम्बरको जिपले किचेर चालक सोही गाउँपालिका-६ बस्ने २५ वर्षीय चन्द्र काफ्लेको मंगलबार राति मृत्यु भएको छ ।

काभ्रेको नमोबुद्द नगरपालिका-७ भकुण्डे बुद्धचोकस्थित सडकमा भकुण्डेबाट कटुन्जेतर्फ जाँदै गरेको बा१०च २४९६ नम्बरको बोलेरो गाडीको ठक्करबाट पैदलयात्री सोही नगरपालिका–७ बस्ने ८४ वर्षीय सेरब लामाको मंगलबार राति मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै सुनसरीको इटहरी उपमहानगरपालिका-५ महेन्द्र पेटोलपम्प नजिक सडकमा प्रदेश नम्बर १–०२–०४५प २ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री महोत्तरी गौशाला नगरपालिका-१ रामनगर बस्ने ७२ वर्षीय बिमलकुमार सापकोटाको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।