टाटा सुमोको ठक्करबाट पैदल यात्रीको मृत्यु

टाटा सुमोको ठक्करबाट पैदल यात्रीको मृत्यु


भक्तपुर नगरपालिका-१ घलातेमा सल्लाघारीबाट सूर्यविनायकतर्फ आउँदै गरेको बा१३च २२६५ नंको सुमोले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते बाग्लुङ गलकोट नगरपालिका-१० का ३५ वर्षीय मनबहादुर घर्तीको भक्तपुर अस्पतालमा उपचारका लागि लैजाँदा मृत्यु भएको हो ।

प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजन कार्कीका अनुसार दुर्घटना गराउने सवारी साधन र चालक काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–९ बस्ने ५४ वर्षीय मधुकर केसीलाई पक्राउ गरी प्रहरी वृत्त जगातीको नियन्त्रणमा राखेर थप अनुसन्धान सुरु गरिएको छ ।