विद्यालयमा भीर मौरीको आक्रमण : टोकाइबाट १३ जना घाइते

विद्यालयमा भीर मौरीको आक्रमण : टोकाइबाट १३ जना घाइते


भीर मौरीको टोकाइबाट रुकुमपूर्वको भूमे गाउँपालिका-६ खाम्दीमा रहेको जनचेतना आधारभूत विद्यालयका विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएका हुन् । भीर मौरीको टोकाइबाट १३ जना घाइते भएका हुन् ।

आइतबार (९ असार) बिहान विद्यालयमा प्रार्थना गर्ने समयमा एक्कासी आएका भीर मौरीको बथानले टोक्दा विद्यार्थी, शिक्षक र अभिभावक घाइते भएको र तीन जनाको अवस्था जटिल रहेको बताइएको छ ।

महत स्वास्थ्य चौकी रुकुमपूर्वका अहेव हेमराज ओलीका अनुसार मैरीको टोकाइबाट गम्भीर घाइते हुनेमा विद्यालयका प्रधानाध्यापक दिलकुमारी रोका, १० वर्षीय विद्यार्थी नरमान रोका र उनकी आमा रुचि रोका रहेका छन् । घाइतेहरुलाई सामान्य उपचारपछि जिल्ला अस्पताल रुकुमकोट रेफर गरिएको छ ।