जसपा नेपालको धरान उपमहानगर समिति पुनर्गठन

जसपा नेपालको धरान उपमहानगर समिति पुनर्गठन


जनता समाजवादी पार्टी (जसपा) नेपालको धरान उपमहानगर समिति पुनर्गठन भएको छ । शनिबार चौविसे भवनमा आयोजित धरान नगर समिति पदपूर्ति तथा पार्टी प्रवेश कार्यक्रमबाट ताजुब लिम्बु नेतृत्वको समितिलाई पुर्णता दिइएको हो ।

समितिको उपाध्यक्षमा सुवास हुक्पा चेङबाङ, किरण देवान सचिवमा सागर सरगम चेम्जोङ सहसचिव रवि पाख्रिन, नरेन याक्खा र कोषाध्यक्षमा हेमराज सुनुवार चयन भएका छन् ।

पार्टीका नेता रकम चेम्जोङको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा आदिवासी जनजाति महासंघ धरान नगर अध्यक्ष सुवास हुक्पा चोङबाङको नेतृत्वमा ३ दर्जन नेता कार्यकर्ताहरु जसपा, नेपाल प्रवेश गरेका छन् ।