सरकार ७६ (२) बाटै बन्छ : काङ्ग्रेस नेता डा. कोइराला

सरकार ७६ (२) बाटै बन्छ : काङ्ग्रेस नेता डा. कोइराला


नेपाली काङ्ग्रेस र नेकपा एमालेबीच भएको सहमतिअनुसार सरकार संविधानको धारा ७६ (२) बाट या धारा ७६ (३) बाट भन्ने विवाद कायमै रहेको बेला काङ्ग्रेस संस्थापन इतर पक्षका नेता डा. शेखर कोइरालाले सरकार धारा ७६ (२) अनुसार नै बन्ने बताएका छन् ।

राजधानीको जोरपाटीमा मंगलबार (२५ असार) खगेन्द्र नवजीवन विशेष विद्यालयको छात्रवृत्ति वितरण कार्यक्रमलाई सम्बोधन गर्दै डा. कोइरालाले सो कुरा बताएका हुन् ।

अहिले राजनीतिक नेतृत्व वर्ग र कानुनका जानकारहरुबीच सरकार गठनमा धारा ७६ (२) कि धारा ७६ (३) भन्नेमा मतान्तर भइरहेको छ । यही समयमा डा. कोइरालाले भने, ‘मैले ७/८ महिनादेखि भनिरहेको थिएँ, स्थिरता दिनुपर्छ । तर कसैले विश्वास गरिरहेको थिएन । कांग्रेस र एमालेले ७६ को २ अनुसारकै सरकारमा जान्छ र राजनीतिक स्थायित्व दिन्छ ।’ उनले काङ्ग्रेस र एमालेले पालैपालो सरकारको नेतृत्व गर्ने पनि बताए ।

file photo