शहरी योजना आयोग : १ अर्ब ७५ करोड लागतका १२५ आयोजनाको डिपीआर तयार

शहरी योजना आयोग : १ अर्ब ७५ करोड लागतका १२५ आयोजनाको डिपीआर तयार


काठमाडौं महानगरपालिकाको सहरी योजना आयोगले आर्थिक वर्ष २०८०/८१ मा १ अर्ब ७५ करोड २१ लाख २५ हजार १ सय १९ रुपैयाँ लागतका १ सय २५ वटा योजनाको ड्रइङ, डिजाइनिङ लागत अनुमानसहितको विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार पारेको छ ।

यसमध्ये ५८ वटा योजना वडाहरुबाट माग भएर आएका हुन् । सम्पदा तथा पर्यटन विभागका २८ वटा, हरियाली आयोजनाका १३ वटा, सार्वजनिक निर्माण विभागका ६ वटा, स्वास्थ्य र सार्वजनिक निजी साझेदारीका ३/३ वटा छन् । यस्तै सामाजिक विकास, वातावरण, प्रशासन, कृषि तथा पशुपन्छी विभागका १/१ वटा आयोजना रहेको काठमाडौं महानगरले जनाएको छ ।