जनताको माग र सरोकारबालाको पहलमा स्थानीय स्तरमा शान्ति सुरक्षा कायम गरी अपराध न्यूनीकरण गर्न संखुवासभा जिल्ला मकालु गाँउपालिका-४ स्थित कारमाराङमा अस्थायी प्रहरी पोष्ट स्थापना गरिएको छ ।
मकालु गाँउपालिका बडा नम्बर-४ का वडा अध्यक्ष बालकुमार तामाङको अध्यक्षतामा सम्पन्न भएको अस्थायी प्रहरी पोष्ट स्थापना कार्यक्रममा प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्का, मकालु गाँउपालिका उपाध्यक्ष मनकला राई, प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक घनश्याम श्रेष्ठ, सशस्त्र प्रहरी बल नेपाल ४ नम्बर गुल्मका सशस्त्र प्रहरी नायव उपरीक्षक अमर लामा, अरुण तेस्रो जलविद्युत आयोजना सुरक्षा बेश फाक्सिन्दा दोभानका सशस्त्र प्रहरी नायव उपरीक्षक दिपक गुरुङ, इलाका प्रहरी कार्यालय हेदाङ्नाका प्रहरी निरीक्षक सागर श्रेष्ठलगायत उपस्थित थिए ।
सदरमुकाम खाँदबारीबाट. २४ घण्टा र इलाका प्रहरी कार्यालय हेदांनाबाट ६ घण्टाको पैदल दुरीमा रहेको उक्त स्थानमा तत्काल प्रहरी हवल्दार यामेश्वर धिमालको नेतृत्वमा ५ जनाको टोली खटाइएको डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
प्रतिक्रिया