- कपिलवस्तु प्रतिनिधि
नागपञ्चमी पर्वको अवसरमा कपिलवस्तुको आठ पालिकाले शुक्रबार (२५ साउन) स्थानीय बिदा दिएका छन् । जिल्लाको कपिलवस्तु नगरपालिका र यशोधरा गाउँपालिकाले नागपञ्चमी पर्वको अवसरमा बिदा घोषणा गरेका हुन् ।
कपिलबस्तु नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गणेशप्रसाद अर्यालका अनुसार नगरपालिका क्षेत्रमा मनाइने नागपंचमी पर्वको अवसरमा विदा दिइएको हो । उनले शुक्रबार नगर कार्यपालिकाको कार्यालय, वडा कार्यालय, स्वास्थ्य संस्थाहरु (अति आवश्यक सेवा बाहेक), शिक्षण संस्थाहरु तथा मातहतका सम्पूर्ण संस्थाहरुलाई स्थानीय बिदा दिइएको बताए ।
त्यस्तै, यशोधरा गाउँपालिकाका अध्यक्ष शिव दयाल तिवारीकाअनुसार हिन्दु धर्मावलम्बीहरुको महान पर्व साउन शुक्ल पञ्चमी (नाग पञ्चमी पर्व)को पावन अवसरमा अकास्मिक सेवा बाहेक (स्वास्थ्य संस्था) पालिकाअन्तर्गतका कार्यालयहरुमा विदा दिइएको छ ।
कपिलवस्तुको महाराजगंज नगरपालिका, बाणगंगा नगरपालिका, कृष्णनगर नगरपालिका र मायादेवी, शुद्धोधन र विजयनगर गाउँपालिकाले सार्वजानिक विदा दिएका छन् ।
प्रतिक्रिया