प्रदेशमन्त्रीलाई अनामनगरका चेलीहरूको सम्मान

प्रदेशमन्त्रीलाई अनामनगरका चेलीहरूको सम्मान


बागमति प्रदेश सरकारका दुई मन्त्रीलाई काठमाडौं निर्वाचन क्षेत्र १ अनामनगरका चेलीहरूले सम्मान गरेका छन् ।

बागमति प्रदेशको मन्त्रिपरिषद्मा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका सुरजचन्द्र लामिछाने र सामाजिक विकासमन्त्री हरिप्रभा खड्गीलाई सम्मान गरिएको हो । उनीहरू दुवै नेपाली काङ्ग्रेसबाट प्रदेशमन्त्री बनेका हुन् ।

मन्त्रीद्वयलाई काठमाडौं-२९, अनामनगरका महिलाहरुले अनामनगरको युनियन हाउसमा सम्मान गरेको नेपाली काङ्ग्रेस महासमिति सदस्य रेणु दाहाल भट्टराईले बताइन् ।

सो अवसरमा काङ्ग्रेसनेतृ सिर्जना सिंह, सकुन्तला घिमिरेसहितका व्यक्तिहरूको उपस्थिति रहेको थियो ।