प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट

प्रधानमन्त्रीसँग भारतीय विदेश सचिवको शिष्टाचार भेट


नेपाल भ्रमणमा रहनुभएका भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्रीले आज (२७ साउन) सिंहदरबारमा प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

भेटका अवसरमा दुईपक्षीय र मित्रवत् सम्बन्धलाई अझै मजबुत बनाउनेबारेमा छलफल भएको बताइएको छ । भेटमा परराष्ट्र मन्त्रालयका सचिव सेवा लम्साललगायतको सहभागिता थियो ।

photo: rss