‘थेवा माङ’ विषयक छलफल : ‘थेवा माङबारे अध्ययन अनुसन्धान हुनुपर्छ’

‘थेवा माङ’ विषयक छलफल : ‘थेवा माङबारे अध्ययन अनुसन्धान हुनुपर्छ’


याक्थुङ नेम्वाङ समाजअन्तर्गत थेवा युमा मुन्धुमको विषयमा छलफल गर्दै थेवा माङबारे थप अध्ययन हुनुपर्ने सरोकारवालाले बताएका छन् । छलफलमा याक्थुङ नेम्वाङ समाजअन्तर्गत थेवा युमा अध्ययन विभागका प्रमुख मूकुम नेम्वाङले थेवा माङ विषयको कार्य पत्र प्रस्तुत गरे ।

कार्यक्रममा नेम्वाङहरुको प्रमुख स्टदेवको रुपमा मानिँदै आएको देउता वा माङ थेवाबारे प्रष्ट पार्दै, थेवाको आराधाना अनुष्ठान गर्नुको अर्थ, कसरी गरिन्छ ? किन गरिन्छ ? केका लागि गरिन्छ ? भन्ने प्रश्नसहित केही प्रकाश गर्दै सहभागीबाट प्रश्न-उत्तरको संवाद, छलफल र बहस भएको थियो ।

राजधानीको अनामनगरमा रहेको युनियन हाउसमा भएको छलफलमा सहभागी याक्थुङ नेम्वाङ समाजका सल्लाहकार वीरदल नेम्वाङ, त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययनका पिएचडी स्कलर सूर्य माखिम, धनपति सापकोटा, इतिहास विभागका विलाश योङया, राजनीति शास्त्रका देवेन्द्र राई, मुन्धुम तथा राजनीतिशास्त्रका अध्येता नवीन लिङ्देन, मोविन्द्र राई, ललित कला तथा संगीताका विद्यार्थी तृत्तीय गुरुङ, निर्मला लिम्बू, मुन्धुम लिम्बू, आरती गोले, मानव शास्त्रका विद्यार्थी तथा अधैयता दिलविक्रम आङदेम्बेहरुबाट कार्यपत्र माथि सलाह सुझाव र आलोचनात्मक बहस भएको थियो ।

नोट स्पिकर डा. क्षितिज लिम्बूबाट उठेका विषयमाथि प्रश्न-उत्तरलाई सहजिकर गर्दै, थेवा माङ एक साझा देवता हो, जसलाई शक्ति, युद्ध, रण, कौशल, ज्ञान, विवेक र राजनीतिक कलासँग जोडेर हेर्नुपर्छ भन्ने कुरा राख्नुभयो । नेम्वाङ पुर्खाहरुमा थेवा माङले बढी सिद्धि शक्ति दिएको, नेम्वाङ पुर्खाहरुको समित्यमा थेवा माङ आएको मिथक भएकोले नेम्वाङहरुले अझ छलफललाई व्यापक गर्नु आवश्यक छ । सबै सभगागीबाट थेवा माङबारे अध्ययन अनुसन्धान हुन राम्रो कुरा हो । तर, यसलाई समाज विभक्त हुने गरी थेवा माङलाई अध्ययनको लक्ष्य नबनाउन सुझाव राखेका थिए । याक्थुङ समाजमा किराँत धर्म, युमा धर्म भनेर समुदाय विभक्त भएको कुरा राखेका थिए । ‘यसले समाजलाई बिग्रहतिर लैजान्छ’- उनको भनाइ थियो ।

थेवा माङको अनुष्ठानबाट प्राप्त ज्ञान, कला कौशललाई समाज, देश वा कुनै प्रणालीमा सहयोग पुग्ने छ । अध्ययन अनुसन्धान आवश्यक छ । थेवा माङ साझा देवता हुन् भनेर वीरदल नेम्वाङ भन्छन् ।

कार्यक्रमको अध्यक्षता र कार्यक्रम होस्ट विभाग प्रमुख मुकुम नेम्वाङबाट स्वागत मन्तब्य, याक्थुङ नेम्वाङ समाजका अध्यक्ष प्रियकुमार नेम्वाङ र कार्यक्रम सञ्चालन संस्थाका महासचिव देवेन्द्र नेम्वाङले गरेका थिए ।