सहकारी बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न गठित संसदीय विशेष समितिले रकम अपचलनका विषयमा कैदीबन्दीसँग सोधपुछ गरेको छ । सहकारीको रकम अपचलनको आरोपमा कैदमा रहेकाहरूलाई सिंहदरबारमा बोलाएर आवश्यक सोधपुछ गरेको संसद् सचिवालयले जनाएको छ ।
सचिवालयका उपसचिव नुमराज खनालका अनुसार सिभिल सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ ठगीका अभियुक्त इच्छाराज तामाङ, राष्ट्रिय सहकारी बैंकका अध्यक्ष कृष्णबहादुर उप्रेती, कान्तिपुर सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका सञ्चालक हिमालय विक्रम मल्ल ठकुरीलाई डिल्लीबजार कारागारबाट झिकाएर सोमबार (२८ साउन) सोधपुछ गरिएको हो ।
यसैगरी सुमेरु बचत तथा ऋण सहकारी संस्थाका सञ्चालक सदस्य राजबहादुर सिंहलाई पनि सोधपुछ गरिएको र मङ्गलबार पनि अन्य सहकारीका अभियुक्तलाई बोलाएर सहकारी रकम अपचलनका विषयमा छानबिन गरिने उपसचिव खनालले जानकारी दिए ।
प्रतिक्रिया