पोखराबाट बिरामी लिएर काठमाडौं आउँदै गरेको हेलिकप्टर धादिङमा आकस्मिक अवतरण गरिएको छ ।
ठूलो पानी परेको र बादलले गर्दा मौसममा खराबीका आएका कारण धादिङको थाक्रे गाउँपालिका-७ आठकिलो भन्ने ठाउँमा सुरक्षित अवतरण गराएको हो ।
पोखराको मणिपाल अस्पतालबाट दमको बिरामी बोकेर काठमाडौ आउँदै गरेको कैलास हेलिकप्टर सर्भिसेजको ९ एन-ए.एम.एल हेलिकप्टर खालीचौरमा अवतरण गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले खराब मौसमका कारण काठमाडौंतर्फ जान जोखिम देखिएपछि पाइलटले सुरक्षित ठाउँमा अवतरण गराएको जानकारी प्राप्त भएको जानकारी दिए ।
photo: rss
प्रतिक्रिया