प्रशोधित पिउने पानीमा अखाद्य बस्तु
काठमाडौंको अनामनगरमा रहेको किम्ची फाष्ट फुडलाई काठमाडौं महानगरपालिकाले दुई लाख रुपैयाँ जरिवाना गरेको छ । महानगरले किम्चीमा आयोजना गरेको एक कार्यक्रममा प्याक गरेको (नखोलिएको) प्रशोधित पानीको बोतल खोलेर गिलासमा खन्याएर पिउन थालेपछि काठमाडौं महानगर वडा ११ का वडा सदस्य यशोमती परियारले पानीमा कीरा सल्वलाएको देखिन् ।
कार्यक्रममा उपस्थित महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई पानीको बोतल देखाइयो । अनुगमन समितिका संयोजकसमेत रहनुभएका उपप्रमुख डंगोलले दुषित पानी विक्री गर्नेलाई तत्काल कारवाही गर्न र कार्यक्रम तत्काल स्थगित गर्न निर्देशन दिएर उनी त्यहाँबाट निस्किइन् । त्यसपछि कार्यक्रम रोकिएको थियो ।
यसपछि महानगरले किम्चीलाई दुई लाख रुपैयाँ कारवाहीस्वरुप जरीवाना तोकेको हो ।
प्रतिक्रिया