नेपाल औषधि व्यवसायी संघको पाँचथर जिल्लाको अधिवेशनले वसन्तराज पाण्डेको अध्यक्षतामा पाँच सदस्यीय समिति निर्वाचित गरेको छ । समितिको सचिवमा गोपाल बास्कोटा, कोषाध्यक्षमा रमा आचार्य, सदस्यहरुमा लक्ष्मी लिङ्देन र कूलप्रसाद मैनाली रहेका छन् ।
नेपाल औषधि व्यवसायी संघको पाँचथर समिति यसअघि थिएन । यसअघि ताप्लेजुङ र पाँचथरको संयुक्त समिति थियो । त्यो अब फुटाएर दुई जिल्लाका अलगअलग संघ बनाइएको हो ।
पाँचथरमा ३५ जना औषधि व्यवसायीले औषधि पसल सञ्चालन गर्दै आएका छन् । तीमध्ये संघमा १७ जना आवद्ध छन् । २५ जनाभन्दा कम सदस्य रहेको संघमा ५ सदस्यीयमात्र समिति गठन गर्नु पर्ने विधानको व्यवस्था रहेको सचिव गोपाल बाँस्कोटाले जानकारी दिए ।
प्रतिक्रिया