सीमानाकामा मनाइयो भारतको ७८औं स्वतन्त्रता दिवस

सीमानाकामा मनाइयो भारतको ७८औं स्वतन्त्रता दिवस


छिमेकी मित्रराष्ट्र भारतको ७८औं स्वतन्त्रता दिवस सीमानाकामा पनि मनाइएको छ । स्वतन्त्रता दिवसको अवसरमा धनुषाको जटही सीमानाकास्थित सशस्त्र सीमा बल जटही पिपरौन चेक पोस्टमा झण्डा फहराएर स्वतन्त्रता दिवस मनाइएको हो ।

सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालय, अस्पताल, प्रहरी चौकी, हाईस्कुल, बैंक, हुलाक कार्यालय, इन्स्पेक्टरको कार्यालयलगायत सरकारी तथा गैरसरकारी कार्यालयमा झण्डा फहराइ स्वतन्त्रता दिवस मनाइयो ।

सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख सुनिल दत्तको अध्यक्षतामा भएको झण्डोत्सव कार्यक्रममा नेपाल-भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष तथा राष्ट्रिय मुक्ति क्रान्ति अभियानका नेता डा. राजीव झा र बाहिनीका प्रमुख इन्सपेक्टर दत्तले संयुक्तरूपमा नेपाल-भारतको सीमा जटहीमा भारतको झण्डा फहरए ।

उक्त कार्यक्रममा नेपालको तर्फबाट नेपाल-भारत खुला सीमा सम्वाद समूहका अध्यक्ष डा. झा, नेपाल प्रहरीका वरिष्ठ सई सुरेन्द्र खेरवार, सशस्त्र प्रहरी सई शिव खवास र भारतको तर्फबाट सीमा सुरक्षा बलको ४८ वि बाहिनी पिपरौन कार्यालयका प्रमुख इन्स्पेक्टर सुनिल दत्त, जयनगर कार्यालयका इनस्पेक्टर अंकुर मिश्रका साथै एलसीएस पिपरौन कार्यालयबाट सञ्जय कुमारको उपस्थिति रहेको थियो ।

नेपाल र भारतबीच पौराणिक सम्बन्धका साथै छिमेकी देश रहेकै कारण नेपालबाट पनि भारतलाई शुभकामना दिने गरिन्छ भने यस अवसर पारेरअवसरमा भारतको तर्फबाट नेपालस्थित गैरनाफामूलक विभिन्न संघसंस्थालाई एम्बुलेन्स, स्कुल बस प्रदान गरिँदै आएको छ ।