भक्तपुरको गठ्ठाघरमा बिहीबार ट्रकको ठक्करबाट मृत्यु भएका युवाको पहिचान खुलेको छ । मृतक ओखलढुंगाको चिसंखुगढी गाउँपालिका वडा नम्बर ४ का ४५ वर्षीय उत्तम कोइराला रहेको भक्तपुर प्रहरीले जनाएको छ ।
राजधानीको कपन बस्दै आएका उत्तमले चलाएको बा४९प ८९४४ नम्बरको स्कुटरलाई ना६ख २१७३ नम्बरको ट्रकले ठक्कर दिएर २० मिटरसम्म घिसारेको थियो । उत्तमको अहिले त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।
यो घटनाले उग्ररुप लिएपछि स्थानीयलाई भगाउन प्रहरीले अश्रुग्याँस फायर गरेको थियो । बिहीबार दिनभर नै गठ्ठाघर क्षेत्र तनावग्रस्त बनेको थियो । ट्राफिक प्रहरीले जथाभावी सवारी चेकिङ गर्दा दुर्घटना भएको भन्दै स्थानीय आक्रोशित भएका थिए । यो घटनाको छानविन गर्न गृहमन्त्री रमेश लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई निर्देशन दिएका छन् ।
प्रतिक्रिया