बागमती प्रदेशको मुख्यन्यायाधिवक्तामा सुकदेव काफ्ले नियुक्त भएका छन् । मुख्यमन्त्री बहादुर सिंह लामा (तामाङ) को सिफारिसमा बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले काफ्लेलाई मुख्यन्यायाधिवक्तामा नियुक्त गरेका हुन् ।
नेपालको संबिधान २०७२ को धारा १६० उपधारा (२) बमोजिम प्रदेशका मुख्यमन्त्री लामाको सिफारिसमा काफ्लेलाई मुख्य न्यायाधिवक्तामा नियुक्त गरिएको प्रदेश प्रमुख कार्यालयका सूचना अधिकारी प्रकाश चौलागाईंले जानकारी दिए ।
दोलखाको तामाकोशी गाउँपालिकानिवासी काफ्ले विगत २५ वर्षदेखि कानून व्यवसायीको रुपमा कार्य गर्दै आएका छन् ।
प्रतिक्रिया