काठमाडौंको अनामनगरस्थित नेपाल सङ्गीत उद्योग सङ्घको कार्यालयमा नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले छापा मारेको छ । ब्युरोको टोलीले बिहीबार (५ भदौ) दिउँसो सङ्घको कार्यालयमा छापा मारी केही कागजात तथा कम्प्युटरको ‘हाडडिक्स’ बरामद गरेको मानव बेचबिखन अनुसन्धान ब्युरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक गौतम मिश्रले जानकारी दिएका छन् ।
सो कार्यालयबाट माइनुटबुक, लेटरप्याड र कम्प्युटरको हार्डडिक्स बरामद गरिएको उल्लेख गर्दै प्रवक्ता मिश्रले नक्कली कागजात बनाएर मानिसलाई विदेश पठाउने गरेको सूचनाका आधारमा ब्युरोले छापा मारेको बताए ।
छापा मारेर सङ्गीत उद्योग सङ्घका पदाधिकारीको रोहबरमा कागजपत्र नियन्त्रणमा लिइएको एस्पी मिश्रको भनाइ छ ।
प्रतिक्रिया