निःशुल्क स्वास्थ्य र शिक्षा जनताको संवैधानिक अधिकार कार्यान्वयन हुनुपर्ने नेता महरको सुझाव

निःशुल्क स्वास्थ्य र शिक्षा जनताको संवैधानिक अधिकार कार्यान्वयन हुनुपर्ने नेता महरको सुझाव


नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं शिक्षा विभागका प्रमुख नैनसिंह महरले निःशुल्क स्वास्थ्य र शिक्षा संविधानप्रदत्त अधिकार कार्यान्वयनका लागि सरकार जिम्मेबार बन्नुपर्ने बताएका छन् । टीकापुरस्थित विरेन्द्र विद्यामन्दिर क्याम्पसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता महरले संविधानले ग्यारेन्टी गरेको विषय कार्यान्वयनमा ल्याउन संयुक्त सरकार ठुलो दल कांग्रेसले समेत महत्वपुर्ण भूमिका खेल्नुपर्ने बताए ।

‘संविधानको शिक्षासम्बन्धी मौलिक हकमा नागरिकले निःशुल्क स्वास्थ्य शिक्षा पाउने कुरा उल्लेख छ । तर, हाम्रा विद्यार्थी चर्को शुल्क तिर्न बाध्य छन्। यसको अन्त्य हुनुपर्छ’, महरले भने ।

संवैधानिक व्यवस्था कार्यान्वयनमा कांग्रेस लागेको र निःशुल्क स्वास्थ्य शिक्षाका कार्यान्वयनका लागि आधार तयार पारिरहेको उनले जानकारी दिए । यस विषयमा सरकारसँग समेत आवश्यक छलफल हुन्छ भन्दै उनले ुकांग्रेसले समग्र शिक्षा क्षेत्रको विकासका लागि पोलिसी निर्माण गर्ने अभियान थालेको छ। निःशुल्क स्वास्थ्य, शिक्षासँगै व्यवस्थित यातायात, सञ्चार र उद्यमशीलतासहितको रोजगार, जनताको अधिकार, नेपाली कांग्रेसको सरकार भन्ने नारा ऐजेण्डा उठाउँदै महरले अगाडि भने निःशुल्क र गुणस्तरिय शिक्षाका लागि २० प्रतिशत बजेट छुट्याउने प्राय राजनीतिक दलहरुले घोषणापत्रमा मात्र सिमित राखेका छन् ।

जनताको शिक्षा र स्वास्थ्यमा राज्यले सहयोग गर्नुपर्ने उनले बताए । शिक्षा र स्वास्थ्य नै महँगो भए नागरिकले आफ्ना सन्तान पढाउन र उपचारका लागि जोहो गर्नकै लागि भए पनि आफ्नो आम्दानीले नपुगेर भ्रष्टाचार गर्नुपर्ने अवस्था सिर्जना भइरहेको महरले चिन्ता व्यक्त गरे । शिक्षा र स्वास्थ्य मात्र निःशुल्क गर्न सकेमा धेरै भ्रष्टाचार आफैँ रोकिने उनको धारणा छ ।