रुद्रमति विद्यालय परिसरको यो बेहाल

रुद्रमति विद्यालय परिसरको यो बेहाल


राजधानी काठमाडौंको मुटु मानिने महानगरपालिका-९ को पुरानो बानेश्वरनजिक रहेको रुद्रमति आधारभूत विद्यालय वर्षाको समयमा सधैं पानीको डुवानमा पर्ने गरेको छ । जसका कारण त्यहाँ अध्ययनरत विद्यार्थीहरु विद्यालय पुग्न जमेको पानीमा शरीरका कपडा माथिसार्दै हिँड्नु परिरहेको छ । यसमा वडा ९ र महानगरपालिकाले कुनै पहल नगरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि अवस्थीले घटना र विचारलाई बताए ।

यही स्थानमा यसअघि सडक कालोपत्रे गर्ने नाममा अलकक्रा पोल्दा विद्यार्थीको स्वास्थ्यमा समस्या आएको थियो र केही सञ्चारमाध्यमले त्यसको विरुद्ध समाचार प्रकाशन गरेपछि अलकत्रा डढाउने काम बन्द गरिएको थियो ।

यो आधारभूत विद्यालय भएको र यसमा साना बालबालिका अध्ययन गर्ने भएकोले पानीपर्दा, धुलो उड्दा पनि बालबालिकालाई स्वास्थ्यमा समस्या हुने गरेको अध्यक्ष अवस्थीको भनाइ छ ।