युनियन हाउस सञ्चालनमा स्वदेशी ज्ञानसत्ताका अभियन्ताहरु

युनियन हाउस सञ्चालनमा स्वदेशी ज्ञानसत्ताका अभियन्ताहरु


राजधानी काठमाडौंको अनामनगरमा विद्यावारिधिको अध्ययनमा सक्रिय युवाहरुले ‘स्वदेशी ज्ञानसत्ता’ अभियानमा सक्रिय भएर युनियन हाउस सञ्चालनमा ल्याएका छन् ।

रैथाने, वैदिक र बौद्ध विचारलाई एकीकृत गरेर अध्ययन गरिने स्वदेशी ज्ञानसत्ताको अध्ययन गर्दै आर्ट ग्यालरीको रुपमा विकास गर्ने उद्देश्यले युनियन हाउस सञ्चालनमा ल्याएको यसका अध्यक्ष सूर्य माखिमले घटना र विचारलाई बताए । अध्यक्ष माखिमका अनुसार यहाँ इतिहास, राजनीति र वौद्ध धर्मका विषयमा सातामा २ पटक पिएचडी शोधार्थीबीच अन्तरकृया, छलफल भइरहेको छ ।

यसका सञ्चालकहरु सूर्य माखिम, विश्वबन्धु कार्की, किशोर आङदेम्बे, रेञ्जी शेर्पा, मुकुम नेम्बाङ र विलाश योङया रहेका छन् । उनीहरु शोधार्थी हुन् । यहाँ कार्यक्रम हल, रेष्टुरेण्ट, बारदेखि रैथाने परिकारको राम्रो प्रवन्ध रहेको सञ्चालक विश्वबन्धु कार्कीले घटना र विचारलाई बताए ।

हाउसले आय गरेको रकममध्येबाट ५ प्रतिशत शिक्षा तथा सामाजिक क्षेत्रमा फण्डमार्फत लगानी गर्नेदेखि गुन्द्रुक, डिँडो, लोकल चामल, सिस्नो, फापर, तामा, किनेमासमेतका अग्र्यानिक खाना पस्कने गरेको सञ्चालक रेञ्जी शेर्पाको भनाइ छ ।

‘पुरातन कला र संस्कृति झल्काउने हाल उपमा लिइने आर्ट ग्यालरी (कला संग्राहालय) लाई सरकारले प्रोत्साहन नदिएको समयमा यसको पनि उचित विकास गर्दे युनियन हाउस अघि बढ्ने योजना रहेको छ’- कम्पनीका अध्यक्ष माखिमको भनाइ छ ।