सिटक्षमता भन्दा बढी विद्यार्थी बोक्ने स्कुलबसमाथि कारवाही

सिटक्षमता भन्दा बढी विद्यार्थी बोक्ने स्कुलबसमाथि कारवाही


जिल्ला प्रहरी कार्यालय कास्की र जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिटक्षमता भन्दा बढी विद्यार्थी बोकेका १७ वटा स्कुल बसलाई कारवाही गरेको छ ।

पोखरा महानगरपालिकाअन्तर्गतका वडा एरियामा चल्ने विभिन्न स्कुलका विद्यार्थी बोक्ने २ सय २३ वटा स्कुलबसलाई मंगलबार (११ भदौ) चेकजाँच गर्दा सिटक्षमता भन्दा बढी विद्यार्थी बोकेका १७ वटा स्कुल बसलाई ट्राफिक नियम अनुसार कारबाही गरिएको जिल्ला प्रहरी कार्यालय, कास्कीले जनाएको छ ।

कारवहीमा परेका बसचालकहरुलाई ट्राफिक नियम उल्लङ्घन गरी सवारी नचलाउनका लागि सम्झाइबुझाइ गरिएको पनि जनाइएको छ ।