- कपिलवस्तु प्रतिनिधि
छाडा चौपायाले अन्नबाली खाएर नष्ट गरेको भन्दै कपिलवस्तुको मायादेवी गाउँपालिकाका स्थानीय बासिन्दाहरुले तीन दिनदेखि छाडा चौपाया गाई, गोरु मायादेवी गाउँपालिका कार्यालय परिसरभित्र थुनिदिँदा गाउँपालिकाको सम्पुर्ण काम ठप्प हुन पुगेको छ ।
छाडा चौपायाको समयमै ब्यवस्थापन गर्न नसक्नुले गाउँपालिकामा सेवाग्राहीलाई सास्ति खेप्न परेको स्थानीय बासिन्दा बताउँछ्न् ।
आज बिहीबार हुने भनिएको कार्यपालिका बैठक वडा न १ को वडा कार्यालयमा बस्ने भएको छ । सो बैठकले छाडा चौपायाको समस्याको के समाधान निकाल्छ हेर्न बाँकी रहेको एक स्थानीयले बताए ।
प्रतिक्रिया