सेफ्टी ट्याङ्की सफाइका क्रममा निस्सासिएर तीन जनाको मृत्यु

सेफ्टी ट्याङ्की सफाइका क्रममा निस्सासिएर तीन जनाको मृत्यु


पुर्वी नवलपरासी विनयी त्रिवेणी ७ मा ट्वाइलेटको निर्माणाधीन सेफ्टी ट्याङ्की सफाइ गर्ने क्रममा निस्सासिएका तीन व्यक्तिको उपचारको क्रममा मृत्यु भएको छ ।

निर्माणाधीन सेफ्टी ट्याङ्कीमा काम गर्ने र भित्र रहेको काठ दाउरा झिक्ने क्रममा शुक्रबार (१४ भदौ) उनीहरु बेहोस भएका थिए । उपचारको क्रममा तीन व्यक्तिको निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका सुचना अधिकारी डिएसपी वेदबहादुर पौडेलले जानकारी दिए ।

बेहोसको अवस्थामा खबर पाउनासाथ इलाका प्रहरी कार्यालय त्रिवेणीका सइ महेश रायमाझी र सशस्त्र प्रहरी बल त्रिवेणी बिओपीका असइ पुर्ण थापाको नेतृत्वमा गएको सुरक्षाकर्मीको टोलीले तीन व्यक्तिलाई सेफ्टी ट्याङ्कीबाट तत्काल निकाली उपचारको लागि मेडिकल कलेज भैरहवा पठाउदा उपचारकै क्रममा निधन भएको प्रहरीले बताएको छ ।

उपचारको क्रममा निधन हुनेहरुमा विनयी त्रिवेणी ७ वर्ष ३८ को प्रकाश क्षेत्री,सोही ठाउँ बस्ने वर्ष १९ को गणेश बोगटी र बर्दघाट नगरपालिका ७ बस्ने वर्ष २८ को मोहम्मद राजा रहेका छन् ।