कञ्चनपुरमा उखुबारीबाट ब्रुमाइज पाइथानको उद्धार

कञ्चनपुरमा उखुबारीबाट ब्रुमाइज पाइथानको उद्धार


कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिका-७ वर्का सिङ्पुरका स्थानीयको उखुबारीबाट ब्रुमाइज पाइथान (अजिङ्गर)को उद्धार गरिएको छ ।

मध्य ब्रुमाइज पाइथन प्रजातिको अजिङ्गरको सोमबार (१७ भदौ) साँझ उखुबारीबाट उद्धार गरी स्थानीयले सिंहपाल सामुदायिक वन क्षेत्रमा लगेर छाडेको सामुदायिक वनका अध्यक्ष पविराम थारुले जानकारी दिए ।

बेलौरी-३ का वडा सदस्य कमानसिंह चौधरीका अनुसार उद्धार गरिएको अजिङ्गरको तौल ३५ किलो र लम्बाइ १३ फिट रहेको छ ।

अजिङ्गर आहाराको खोजीमा बस्तीनजिकको उखुबारीमा आएको हुनसक्ने बताइएको छ । वन क्षेत्रमा रहेका तालतलैया र सीमसार क्षेत्र संरक्षण गरिएपछि अजिङ्गरलगायत सरिसृपको सङ्ख्या बढ्दै गएको चौधरीले जानकारी दिए ।

तस्बिर : रासस